वि.सं:
नेपाल संवत: ११४५ तछलागा पारु - १६
पृष्ठभूमी
नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पँहुचको हक हुने उल्लेख छ ।त्यस्तै खानेपानी तथा सरसफाइ सेवा आधारभूत मानव अधिकारको रुपमा समेत स्थापित छ ।आधारभुत खानेपानी तथा सरसफाइ सेवाको सुनिश्चित गरी जनस्वास्थयमा सुधार गर्ने लक्ष्यका साथ खानेपानी,ऊर्जा तथा सिचाइ मन्त्रालय मातहत यस खानेपानी तथा सरसफाइ डिभिजन नं ३ कार्यालयको स्थापना भएको हो ।जनताको आधारभुत आवश्यकताको रुपमा रहेको स्वच्छ पिउने पानीको अभावमा सिर्जित विभिन्न रोग तथा महामारीको प्रकोपलाई न्युनीकरण गरी सरसफाइ सम्बन्धी जन चेतनाको अभिवृद्धि गर्दै आफ्नो क्षेत्र भित्र स्वच्छ तथा गुणस्तर युक्त पानी तथा सरसफाइ सुविधा उपलब्ध गराउनु यस कार्यालयको प्रमुख उद्देश्य रहेको छ ।यस कार्यालयको कार्य क्षेत्र सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्ला रहेको छ ।
सोच(भिजन)
सहज, स्वच्छ र सर्वयाम खानेपानी तथा दिगो सरसफाइ सेवा।
लक्ष्य
आधारभूत खानेपानी र सरसफाइ सेवाको सुनिश्चितता गरी जनस्वाथ्यमा सुधार गर्ने।